आइजीपी शैलेन्द्र खनालको ‘यो मन उड्यो चरा बनी आकाशमा’ सार्वजनिक

काठमाडौँ– प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शैलेन्द्र खनाल (शैलेन्द्र शरद)को शब्द र गैरे सुरेशको संगीत रहेको छ ।

सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।

आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउँदै गरेको ‘शरद २’ एल्बममा यो गीतसहित ७ वटा गीत समावेश रहेको संगीतकार  सुरेश गैरेले बताए। डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र खनाल हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक छन्।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्