जम्मू-कश्मीरमा चरमपन्थीको आक्रमण, ३४ जवानको मृत्यु

फाइल तस्बिर

भारतको जम्मू-कश्मीरमा चरपन्थीले गरेको आक्रमणमा कम्तिमा ३४ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

जम्मू-कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर-जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण गरेका हुन् । घटनामा अरु केही घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सिआरपिएफले ३४ जवानको ज्यान गएको पुष्टि गरेको छ । सिआरपिएफको बस श्रीनगर जम्मू राजमार्गमा गुडिरहेका बेला चरमपन्थीले बसलाई निशाना बनाएर आक्रमण गरेका हुन् । बसमा ४० भन्दा बढी जवान सवार थिए ।

३०० किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण छ र जहिले सुरक्षा व्यवस्था कडा रहन्छ । घटनामा घाइते भएका जवानको श्रीनगरमा रहेको सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि राजमार्गमा गाडीको आवागमन रोकिएको छ । सेनाले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी गरिरहेको छ । चरमपन्थीले आइइडी बिस्फोट गरएका हुन् ।

जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो ।

प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीसहितले आक्रमणको निन्दा गरेका छन् ।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्