प्रदेश सरकार स्थापना दिवस समारोहमा पानीजहाज

बुटवल– प्रदेश ५ सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रदेश सरकारले बुटवलमा विशेष कार्यक्रम आयोजना गरेको छ । तीन दिवसीय कार्यक्रमअन्तर्गत शुक्रबार बुटवलमा विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा झाँकीसहितको र्‍याली निकालिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकबाट शुरु भएको झाँकीसहितको र्‍याली बुटवल मण्डपमा पुगेको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीहरु, सभामुख, उपसभामुख, सांसद्हरु, स्थानीय तहका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिहरुलगायत सहभागी छन् । सरकारले प्रदेश ५ मा शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले तीन दिनसम्म स्थापना दिवस मनाउन भन्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्