सांकेतिक तस्बिर

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा शुक्रबार बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते हुनेमा गौरा खत्री र उनका १४ वर्षीय छोरा दिपेश खत्री  छन्। घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ। दुबै जनाको अवस्था सामान्य रहेको छ।

घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो। सोही ठाउँका जयसिंह खत्रीको घरमा चट्याङ लागेर एउटा भैँसी समेत मरेको छ। चट्याङबाट खत्रीको घरको छानामा लगाइएको टायल फुटेको, विद्युत् वायरिङ  जलेको र ट्युवेलमा पानी तान्न राखेको विद्युतीय मोटर पनि जलेको प्रहरी निरीक्षक अवस्थीले बताए।

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्