नेकपा अध्‍यक्ष प्रचण्डको प्रश्‍न, ‘शिक्षा क्षेत्रको समस्या सामाधान अहिले नगरे कहिले?’

फाइल तस्बिर

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनि प्रश्न गर्नु भएको छ।

अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भनि गम्भिर प्रश्‍न उठाएका हुन।

शुक्रबार काठमाडौंमा आयोजित माध्यामिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले धेरै लामो संघर्ष, बलिदान र मिहिनेतपछि प्राप्त यो अवसर सदुपयोग गरेर मुलुकमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। ‘यतिबेला पनि थातिरहेका मुलुकका समस्याहरु समाधान भएनन् भने कहिले हुन्छ ? डर लाग्दो चित्र आफ्नो सामू आउने गरेको’ अध्यक्ष दाहालको भनाई छ।

अध्यक्ष दाहालले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका काममा गम्भिर बन्‍न पनि सरकारलाई सुझाव दिए। त्यस अवसरमा अध्यक्ष दाहालले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिरतापूर्वक छलफल गर्ने आश्वासन पनि दिए।

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्