कश्मीर आक्रमणबारे विवादित ट्विट गर्ने छात्र कारबाहीमा !

भारतको जम्मू-कश्मीर पलवामा ३७ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको चरमपन्थी आक्रमणबारे मजाक उडाउने उत्तर प्रदेशस्थित अलीगढ़ मुस्लिम यूनिभर्सिटीका छात्रलाई निलम्बित भएका छन्।

शुक्रबार विश्‍वविद्यालय प्रशासनले उनलाई जम्मू-कश्मीर पलवाबारेमा मजाक उडाएको भन्‍दै निलम्बन गरेको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्। उनले चरमपन्थी हमलापश्‍चात विवादित ट्विट गरेका थिए, ‘ How is the Jaish, Great Sir’।

उक्त ट्विटपछि उनीविरुद्ध सामाजिक सञ्‍जालमा ठूलो विरोध जनाए भने उक्त ट्विटलाई आमसर्वसाधारणले ‘संवेदनहीनता’को संज्ञा दिएका छन्। उनीहरुले चरमपन्थी संगठन जैश-ए-मोहम्मदको समर्थनमा सहानुभूति दिइरहेको आरोप लगाएका छन्।

यसका साथै उनीविरुद्ध स्थानीय प्रहरीले उक्त विषयमा छानबिन सुरु गरेको छ।

विहीबार सिआरपीएफको बस श्रीनगर जम्मू राजमार्गमा गुडिरहेका बेला चरमपन्थीले बसलाई निशाना बनाएर आक्रमण गरेको थियो जसको जिम्‍मा प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको थियो।

यता, एएमयूका प्रवक्ता डा. शाफे किदवइका अनुसार उक्त छात्र एएमयूकै विद्यार्थी भएको र प्रशासनले तत्काल निलम्बन गरिसकेको र उसको व्‍यवहारबारे छानबिन थालेको छ।

डा. किदवईले भनेका छन्, ‘ यस्तो संवेदनशील मुद्दामा यूनिभर्सिटीको शून्‍य सहनशीलता नीति रहन्छ। तर हामी कुनै पनि छात्रको यो रबैया सह्‍न सक्‍दैनौ। कारबाही गरेरै छाड्छौ।’

यस्तै अलिगढका माथिल्लो प्रहरी अधिकारी नीररज जादौनले विवादित ट्विटबारेमा उजुरी दर्ता गरिसकिएको बताएका छन्। उनले भनेका छन्, ‘ जम्‍मू कश्‍मीरबारेको घटनामा विवाद ट्विट गर्ने छात्रको खोजी भइरहेको छ। हामी उनलाई पहिचान गर्ने क्रममा छौ। त्‍यसलगत्तै कारबाहीको प्रक्रिया थालनी गर्छौ।’

जून छात्रले उक्त विवादत ट्विट गरेका थिए, उसको ट्विटर अकाउन्ट बन्द भइसकेको छ।तर उनले आफैं बन्द गर्‍यो वा उनको त्‍यो ट्विटको कारण ट्विटरले आमसर्वसाधारणको गुनासोपछि बन्द गरिदिएको भन्‍नेबारे केही खुल्‍न सकेको छैन।

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्