क्याप्टेनको गीत ‘कर्ली कपाल’ सार्वजनिक

बुवासँग भुवन केसीसँग पहिलो पटक नाँच्दै अनमोल, साथ दिँदैछिन् निरुता

काठमाडौँ– अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को दोस्रो गीत ‘कर्ली कपाल’ सार्वजनिक भएको छ। नायक अनमोल केसी पहिलो पटक बुवा भुवन केसीसँग गीतमा नाँचेका छन्।

हरियो ब्लाउज र फ्रक लगाएकी निरुताको कपाल कर्ली गरिएको छ। सुन्दर निरुताको पछि अनमोल छन् अनि गीतको बिचमा अभिनेता भुवन केसीको इन्ट्री हुन्छ।

शुक्रबार सिडिसी मल काठमाडौँमा चलचित्रको गीत सार्वजनिक गरिएको हो। मेलिना राई र एस डि योगीको स्वरमा रहेको गीतलाई हर्क साउद र मनिस ढकालले लेखेका हुन्। गीतमा एस डि साउद र सुशान्त गौतमको संगीत छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन्।

फागुन १७ गते प्रदर्शनमा आउने क्याप्टेनमा अनमोल केसी फुटबल खेलाडिको भूमिकामा देखिँदैछन्। चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् भने भुवन के सीले निर्माता रहेका छन्।

चलचित्रमा अनमोल केसीसँगै, उपासना सिंह ठकुरी र प्रियंका एम बिसिको मुख्य अभिनय रहेको छ।\

 

 

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्