अपाङ्गाता सम्बन्धि नीतिलाई कार्यन्वयनमा सरकार चुकेकै हो-मन्त्री थापा

काठमाडौं- महिला तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले सरकार अपाङ्गाता सम्बन्धि नीतिलाई कार्यन्वयनमा ल्याउन चुकेको बताएकी छिन्।

ललितपुरमा आयोजित पूर्ण ताथा अतिअशक्त अपाङ्गाता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै मन्त्री थापाले सरकार अपाङ्गाता सम्बन्धि नीतिलाई कार्यन्वयनमा ल्याउन चुकेको बताएकी हुन्।

उनले भनिन्, ‘समाजमा अहिले पनि अपाङ्गता भएका व्यक्तिहरु घृणका पात्र भइरहेका छन्।उनीहरुका अपाङ्ग मैत्री वातावरण बन्न सकेको छैन। सार्वजनिक यातायात चढ्दा होस वा बाटोमा हिड्दा उनीहरुले विभिन्न समस्या भोगिरहेका हुन्छन्।’

तर पछिल्लो समयमा भने उनीहरुलाई समाजमा स्थापित गराउनका लागि सरकार सजग भएको मन्त्री थापाले बताइन्।अपाङ्गता भएका व्यक्तिहरुका लागि नयाँ ऐन तथा निति बनाउने र उनीहरुका लागि बनिरहेको नितिलाई अपाङ्गता मैत्री बनाउने उनले प्रतिबद्धता समेत व्‍यक्त गरिन्।

अपाङ्गता भएका व्यक्तिहरुले सरकारसँग आफूलाई रोजगारी ना निर्मीत भत्ता पूदान गर्नु पर्ने माग गर्दै आएका छन्। त्यस्तै, ललितपुर महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले आपाङ्गाता व्यक्तहरुको दिनचर्या देख्दा आफू अचम्मित भएको बताएका छन्।

अपाङ्गता भएका व्यक्तिहरु अन्य व्यक्तिह्ररुको तुलनामा कम हुनै नसक्ने धारणा व्यक्त गरेका थिए। यसका साथसाथै कार्यक्रममा जापानबाट नेपाल आएका एक आपाङगता भएका व्यक्तिको दिनचर्या प्रस्तुत समेत गरिएको थियो।

जसबाट अपाङ्गता भएका व्यक्तिहरुमा थप हौसला प्रदान हुनुका साथै उनीहरुको स्वाबलम्वनमा प्रमुख भुमिका खेल्ने आयोजकले अपेक्षा गरेको गरेको छ।

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्