पशुपति शर्माले ल्‍याए नयाँ गीत: लुट्‍न सके लुट कान्छा, नेपालमै छ छुट (भिडियो)

काठमाडौं- चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नेपालको पछिल्लो राजनीतिक स्थितिलाई व्यंग्य गर्दै नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन्।

‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेका हुन्।

देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र व्‍यग्यात्मक हुने गर्दछन।उनले यो गीतमार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका छन्।

गीतमा शब्द अनि संगीत पनि गायक शर्माको आफ्नै रहेको छ। गीतको म्युजिक भिडियोमा पशुपति शर्मा, मञ्‍जु विक र प्रज्योल भण्डारी देखिएका छन्।

भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका छन् भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्।यसको सम्पादन नविन घर्ती मगरले गरेका हुन्।

फाल्गुन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्