रोनाल्डोले गरे २१ औँ गोल, युभेन्टसको सहज जित

इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले अपराजित यात्रा कायम राखेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमो पुछारबाट दोस्रो स्थानमा रहेको टिम फोर्सिनानेलाई युभेन्टसले ३–० ले हराएर १४ अंकको अग्रता लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि पाउलो डिबाला, लियोनार्डो कानुकी र क्रिष्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

छैटौँ मिनेटमा रोनाल्डोको पासमा डिबालाले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । १७ औँ मिनेटमा बानुकीले गोल गरेपछि पहिलो हाफमा युभेन्टसले २–० को अग्रता लियो ।

६३ औँ मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्टसले ३–० को जित निश्चित गरेको हो । रोनाल्डोले यो सिजन युभेन्टसबाट अहिलेसम्म सबै खेलमा गरेर २१ गोल गरेका छन् ।

जितपछि युभेन्टसको २४ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको नापोलीको ५२ अंक छ ।

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्