काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो ।

यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो ।

विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५ सय ११ परकम्प गएको केन्द्रले जनाएको छ।

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्