नेमाइर र काभानी छैनन्, चिन्ता छैन, एमबाप्पे नै काफी

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो प्रभावशाली यात्रा कायमै राखेको छ ।

चोटका कारण दुई स्टार खेलाडी नेइमार र एडिन्सन काभानी बिहीन भएको पिएसजीले लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा सेन्ट–एन्टिएनलाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा पिएसजीका लागि केलियन एमबाप्पेले विजयी गोल गरेका हुन् । एमबाप्पेले ७३ औँ मिनेटमा गरेको गोल पिएसजीको जितमा निर्णायक बन्यो ।

एमबाप्पेले लिग वानमा यो सिजन १९ गोल गरिसकेका छन् । उनले डानी अल्भेसको पासमा आइतबार रातिको खेलमा टिमका लागि विजयी गोल गरेका हुन् ।

जितपछि शीर्षस्थानको पिएसजीको २३ खेलबाट ६२ अंक भएको छ र दोस्रो स्थानको लिलेभन्दा १२ अंकले अघि छ ।

आइतबार राति नै भएको खेलमा लिले मोन्टपिलरसँग गोलरहित बराबरीमा रोकियो र उसको २५ खेलबाट ५० अंक छ ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्