व्यङ्ग्य

देउवा पनि राम्रो मान्छे, ओली पनि राम्रो‍‍‍…

देउवा पनि राम्रो मान्छे, ओली पनि राम्रो
दाहाल पनि हाम्रो मान्छे , भण्डारी नि हाम्रो ।

देख्नेले नि कांग्रेस, कम्युनिष्ट जुम्ल्याहा झैँ ठान्छ
बानी , व्यहोरा काटिकुटी ठ्याक्कै मिल्न जान्छ ।

अख्तियार ले घुसै खान्न, पुलिसले सुन खान्न
कल्लाई के को आपत्ति भो रामराज्य छ भन्न ।

चमत्कारै, चमत्कार भो विश्वको ध्यान खिच्यो
कति साह्रो विकास भयो सिंगापुरलाई जित्यो ।

जनताले टन्नै खाए, भुँडी फुट्ने गरि
नेताहरु भोकले, रोगले मरे कठैबरी ।

शिव पलाँस
नर्थ क्यारोलाइना, अमेरिका

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्