राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहित दाहाल र देउवाको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका थिए ।

सो भेटमा नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्