वुल्भ्स, क्रिष्टल प्यालेस र स्वान्सी सिटी एफए कपको क्वाटरफाइनलमा

वुल्भ्स, क्रिष्टल प्यालेस र स्वान्सी सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पाँचौँ चरण अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै यी टिमले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

अवे मैदानमा भएको खेलमा वुल्भ्सले ब्रिस्टोल सिटीलाई १–० ले हरायो । वुल्भ्सको जितमा २८ औँ मिनेटमा काभालिइरोले गरेको गोल नै निर्णायक बन्यो ।

अर्को खेलमा क्रिष्टल प्यालेसले डनक्यास्टरलाई २–० ले हरायो । प्यालेसको जितमा जेफ्री स्लपले आठौँ तथा पहिलो हाफको इन्जुरी समयमा म्याक्स मेयरले गोल गरे ।

यस्तै स्वान्सी सिटीले ब्रेन्टफोर्डलाई ४–१ ले हराएर अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्