पुलवामा भिडन्त, मेजरसहित चार सुरक्षाकर्मीको निधन

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा भएको चरपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारतीय सुरक्षाकर्मीले सो क्षेत्रमा चरमपन्थीविरुद्ध कारवाही अभियान चलाएको छ ।

यस क्रममा सुरक्षाकर्मीले इनकाउन्टर अभियान चलाएका छन् । पुलवामाको पिङ्गलान क्षेत्रमा सोमबार सेनाले गरेको कारवाही अभियानको क्रममा आर्मीका चारजनाको निधन भएको छ । यसरी निधन हुनेमा एक मेजर पनि छन् ।

आर्मी, सिआरपिएफ र एसओजीले पुलवामा क्षेत्रमा संयुक्त कारवाही अभियान सोमबार बिहानै चलाएको हो । पिङ्गलान क्षेत्रमा आतंककारी रहेको सूचनाको आधारमा अभियान चलाएको थियो ।

सुरक्षाकर्मीमाथि आतंककारीले बन्दुक चलाएपछि भिडन्त भएको हो । भिडन्तमा निधन हुनेमा मजेर डिएस डुन्डिएल, हेड कस्टेबल सवे राम, अजय कुमार र हरि सिंह रहेका छन् ।

अर्का एक जवान गम्भीर घाइते भएका छन् । भिडन्तको क्रममा दुईजना सर्वसाधारणको पनि निधन भएको छ ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्