बिक्दैन माटोको भाँडा

घाटाको व्यापारमा कुमाले

फाइल फोटो।

दाङ – खरको छानो । साना झुपडी । गढवा बजारसँग जोडिएको एउटा बस्ती । जो कोहीले पनि बजार छेउँमै कुमाल बस्ती होला भनेर ठम्याउन सक्दैनन् । तर, बजारसँगै जोडिएको छ कुमाल बस्ती।

८५ घरमा कुमाल समुदायको बसोबास छ । बाजे पुस्ता भन्दा अघि बाट उनिहरुको बसोवास छ, यहाँ। कुमालेको मुख्य पेशा भनेकै माटोको भाँडा बनाएर बिक्री गर्ने हो । तर, अहिले यो मुख्य पेशानै संकटमा छ ।

कुनै समय थियो, सबैको घरमा माटोको भाँडा बन्थ्यो । बिक्री गर्न टाढासम्म पुग्थे । घर खर्च चलेकै थियो । तर, अहिले मुस्किलले बिक्री हुन्छ । कुमाल बस्तीमा पुग्दा यस्ता पात्र भेटिए जसको माटो संग प्रेम बसेको छ । उनको नाम हो, धनराज कुमाल । घरको आगनमा चर्खा । उनले चर्खामाथी माटो राखेर, लौराले घुमाउन थाले । चर्खामाथिको माटोमा हात लगाएर, अकार दिए । केही बेरेमै तयार पारे, माटोको बैंक अर्थात खुत्रिके ।

बजारमा प्लास्किको भाडाँ भित्रिएपछी माटोबाट बनेको भाँडाको कारोबारमा मन्दी छायो । पानी राख्नको लागी धेरै बिक्री हुने भाँडो थियो, घैँटा । अचेल घैँटा मुस्किलले बिक्री हुन्छ । धनराजले मान्छेको रोजाई अनुसार माटोलाई आकार दिन थाले । धेरै खुत्रुके बनाए । फूल रोप्ने गमला बनाए । अनि दियो बाल्ने पाला । माटोबाट अनेक भाँडा बन्छन् । ति अनेक भाँडा बनाउने सिप छ उनीमा ।

बुवाले माटोको भाँडा बनाएको देखेका धनराज कुमाल आफ्नो बुवासँगै माटोमा रमाउन थाले । कक्षा २ सम्म पढेका छन् उनी । किताब, कापी बोकेर स्कुल जान्थ्ये । तर, उनलाई बुवाले हातमा माटो थमाई दिए । अनि स्कुलको यात्रा बिचमै टुंगियो ।

जीवनको यात्रा माटोसँग बिताएका धनराज अहिले पनि माटोसँग पैँठेजोरी खेल्छन् । धनराजलाई माटोसँग प्रेम बसेको छ । ‘यो पेशा छोड्छु भनेर पनि छोड्न सकिँदैन’ उनले भने, ‘मेरो श्रम अनुसारको आम्दानी छैन् । तर, मलाई मेरो काम छाड्ने मन छैन् ।’

धनराज सँगैका धेरैले काम छोडे । माटोको भाँडाबाट कमाई हुन छाडेपछि उनका साथी भारत गए । भारत जान नसकेका मजदुरी गर्छन् । धनराज पनि सिजनमा मात्रै माटोको भाँडा बनाउछन् । बचेको समय उनी पनि मजदुरी गर्छन् ।

धनराजका दुई छोरा छन् । एउटा छोरा भारत गएका छन् । अर्का मजदुरी गर्छन् । उनका छोराहरुले माटो खेलाउने प्रयाससम्म गरेनन् । ‘यसबाट कमाई हुन्न भन्छन् । उनिहरु अर्कै बाटोमा लागे’ उनले भने, ‘पुर्खाबाट सिकेको सीप हो, चटकै बिर्सन मन लाग्दैनँ ।’

घाटाको व्यापार


दाल, चामल, नुन, तेज, पिठो ! दैनिक जीवन संग जोडिएको छ । बर्षै पिच्छे मुल्य बढेको बढ्ै छ । तर, माटोको भाँडा बनाएर बिक्रि गरेर गुजारा चलाउने कुमालेले तयार पारेको भाँडाको मूल्य भने बढेको छैन् । एउटा घैँटाको मुल्य एक सय रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म पर्छ ।

खुत्रुकेको मुल्य ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म पर्छ । गमलाको मूल्य ६० देखि एक सय रुपैयाँसम्म मात्रै पर्छ । तर, यी सामग्री बनाउन लाग्ने खर्च र श्रम जोड्ने हो भने कुनै तालमेल मिल्दैन् ।

घाटाको व्यापार गर्छन्, कुमाले । ‘सब चिजको भाउ बढ्छ, तर हाम्रो माटोको भाँडाको भाउ कहिल्यै बढेन’ असारती कुमालले भनिन् ‘सरकारको ध्यान हामी तर्फ छँदै छैन्, बनाएको भाँडा बिक्दैन्, अर्काे तिर भाउ बढ्दैन् ।’

दाउराको सकश


राष्ट्रिय वनबाट दाउरा ल्याएर माटोको भाँडा पोल्थे । सामुदायिक वन बनेपछि दाउरा ल्याउन कडाई गरिएको छ । जसले गर्दा कुमालेहलाई माटोको भाँडा पोल्न पुग्ने दाउरा ल्याउन पाउदैनन् ।

‘हाम्रो ठूलो समस्या भित्र दाउरा नपाउनु पनि हो’ धनराजले भने ‘हप्तामा दुई दिन हो बन खुल्ने, हामी माटोको भाँडा पोल्नेहरुलाई हरेक दिन बन खोलीदिनुपर्छ ।’

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्