उद्यमीको बाटोमा युवा

सिक्‍दै, कमाउँदै रविन पाण्डे

काठमाडौं-गोरो अनुहार र सर्लक्क परेको दुब्दो ज्यान भएका रविन पाण्डे एसएलसीपछि उच्च शिक्षाको लागि दोलखाबाट काठमाडौँ आए।अहिले उनी पत्रकारीता विषयमा स्नातक तह प्रथम वर्षमा अध्ययन गरिरहेका छन्।

सानो हुँदा देखि नै नाटकमा अभिनय गर्ने गरेका उनी अभिनय भनेपछि हुरुक्कै हुन्थे।अभिनय प्रतिको उनको त्यही लगावकै कारण अहिले उनले अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

अभिनय सँगसँगै उनले साथीहरुसँग मिलेर थ्री आरपी नामको यूट्यब च्यानल पनि चलाइरहेका छन्।उनी भन्छन्, ‘हामी तीन जनाको नाम आर र पीबाट शुरु हुने भएकोले च्यानलको नाम थ्री आरपी राखेका हौँ।’

आफू यस क्षेत्रमा नयाँ भएका कारण विस्तारै सिक्दै गरिरहेको उनको भनाई छ।उनले भने,–‘सबै कुरा नयाँ छ। म सबै कुरा सिक्दै छु।’ पहिलेको तुलनामा पछिल्लो समयका भिडियो राम्रो भएको भन्दै उनलाई साथीभाइले हौसला दिँदै आएका छन्।

आफ्नो परिवारबाट आफूलाई सहयोग तथा हौसला मिलेको भन्दै उनले भने,-‘दाईले तिमी गर्न सक्छौ भनेर मलाई सधैँ हौस्याउनु हुन्छ। सुरुमा त सक्दिन कि भन्‍ने डर लाग्थ्यो तर अहिले काम सिक्दै जाँदा मलाई सहज भइरहेको छ। जस्तो काम पनि गर्दै जाँदा सिक्न सकिने रहेछ।’

टेलिचलचित्र गोलमालमा पनि अभिनय गरेका रविन अहिले मुन्द्रेको कमेडी क्लबको व्यवस्थापनमा सघाउँदै आएका छन्। यस क्षेत्रमा काम गर्दा सजग हुनुपर्ने उनको अनुभव छ। यूट्युव च्यानल राम्ररी चलाउन सक्दा यसबाट आर्थिक रुपमा पनि राम्रो गर्न सकिने उनको भनाइ छ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्