कामना बैंक र लाईफइन्स्योरेन्सबीच सम्झौता

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सोमबार भएको सम्झौता अनुसार बैंकका ग्राहकले ६४ वटै शाखाबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीबन बीमा पोलिसि खरिद गर्न पाउनेछन् ।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग गर्ने कामना बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरेका छन् ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्