पुलवामा भिडन्त, ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिए

जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणका ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिएको भारतीय अधिकारीले जनाएका छन् ।

पुलवामा आक्रमणपछि भारतीय सेनाले गरेको कारवाहीमा तीन जना चरमपन्थी मारिएको र त्यस मध्ये ‘मास्टरमाइन्ड’ गाजी पनि रहेको दाबी गरिएको छ ।

गाजी फेब्रुअरी १४ मा भएको आक्रमणका ‘मास्टरमाइन्ड’ रहेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । जवाफी कारबाहीमा एक मेजरसमेत ४ जना भारतीय सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।

गाजी अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न थिए ।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्