सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिए

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गरे पनि भूमिका बिहीन रहँदै आएका न्यायाधीश जोशीले मंगलबार राजीनामा दिएका हुन् ।

राणाभन्दा अगाडि प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो । उनको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो ।

सुनुवाई समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेका थिएनन् । उनले न्याय सम्पादनको काम गर्दै आएका थिए ।

तर राणा प्रधान न्यायाधीशमा नियुक्त भएसँगै जोशी काम बिहीन हुँदै आएका थिए । राणाले उनलाई जिम्मेवारी दिएका थिएनन् ।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्