पुलवामा आक्रमण

आफ्ना भड्केका छोरालाई फिर्ता बोलाउनुस्, नभए मारिन्छन् : सेना

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा गएको बिहीबार सिआरपिएफको गाडीमा चरपन्थीले आग्रमण गर्दा ४६ जवानको ज्यान गएपछि पहिलोपटक भारतीय सेनाले पत्रकार सम्मेलन गरेको छ।

पत्रकार सम्मेलनमा लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले कश्मीरका सबै आमासँग अपिल गरेका छन्, ‘आफ्ना भड्किएका सबै छोरालाई बोलाएर आत्मसमर्पण गर्न लगाउनु होस् नभए सबै मारिन्छन् ।’

ढिल्लनले भने, ‘म कश्मीरका आमाहरुसँग अपिल गर्छु कि आफ्ना सन्तानलाई आत्मसमर्पण गर्न लगाउनु होस् । सन्तानको पालन पोषणमा आमाको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना छोरालाई सम्झाउनु होस्, फिर्ता बोलाउनु होस् अन्यथा मारिने छन् । जसले बन्दुक उठाउँछ उ मारिन्छ ।’

ढिल्लनले भने पुलवामा सोमबार भएको मुठभेडमा तीन आंककारी मारिएको बताए । पुलवामा भएको आक्रमणको कारण अहिले नै भन्न सक्ने अवस्था नरहेको उनले बताए । यसका लागि छानबिन भइरहेको उनले बताएका छन् ।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्