प्रदर्शनीको अघिल्लो दिन वायुसेनाको विमान ठोक्किँदा पाइलटको मृत्यु

एजेन्सी-भारतमा कर्नाटक राज्यको बैङ्लोरमा बुधबारबाट शुरु हुने भनिएको एयर प्रदर्शनीको अघिल्लो दिन मंगलबार अभ्यासका क्रममा दुईवटा विमान आपसमा ठोक्किदा एकजना पाइलटको मृत्यु भएको छ।

अभ्यास येलहांको एयरपोर्टमा भइरहेको थियो। उनीहरु एयरक्राफ्ट रिहर्सलको वेला उडान भरिरहेका थिए। आकासमा पुगेपछि दुवै विमान एकआपसमा ठोक्किएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बैङ्लोर प्रहरीका अनुसार आपसमा ठोकिएपछि विमानमा आगो लागेको थियो। आगलागीपछि विमान येलंहा एयरपोर्टको न्यू टाउन नजिकै खसेका र दुर्घटनामा अर्का एकजना नागरिक घाइते भएका छन्।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्