चाउचाउको लोभ देखाएर बालिका बलात्कार, अभियुक्त प्रहरी खोरमा

जनकपुरधाम- धनुषामा ९ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने एकजना पक्राउ परेको छ। पक्राउ पर्नेमा जिल्लाको बटेश्वर गाउँपालिका-४ बस्ने २२ वर्षीय निरन भन्‍ने नीरज जर्गा रहेको छ।

जिल्लाको मिथिला नगरपालिका-३ की ९ वर्षीया बालिकालाई बलात्कार गरी लुकिछिपी भारत तर्फ भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

धनुषाको विदेह नगरपालिका-२ स्थित दुहबीटोलबाट प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले जर्गालाई सोमबार पत्रकापक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले अभियुक्तलाई सार्वजनिक गरेको छ।आफूलाई माम्ली डन भन्दै आएको जर्गा गत फाल्गुन १ गते स्थानीय इन्द्र थापा मगरको छोरीको विहेभोजमा लाटि रहेको करिब ९ वर्षीय रेश्मा भन्‍ने दुतिया रसाईलीलाई चाउँचाउँ र फ्रुटीको लोभ देखाएर नगरभन्दा बाहिर उखुबारीमा लगेर बलात्कार गरेको थियो।

बलात्कार पश्चात हत्या गरेको र त्यसपछि शवलाई त्यसको कपडा र उखुबारीमा रहेको उखुको पातले जलाएको सम्मेलन गरी सार्वजनिक गरेको छ।

प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक खनालले बताए। हत्या गरेपश्चात जर्गा पुनः विवाहको घरमा भईरहेको नाचगानमा उपस्थित भएको थियो भने करिब रातीको ११ः३० बजे आफ्नो मामाको घरमा गई सुतेको थियो।

वालिका जालाएको भोली पल्ट समेत जर्गा जलाएको ठाउँमा गएको र पछी त्यहाँबाट भागेको प्रहरीको भनाई छ। मगर विभिन्न चोरीका घटनामा संलग्न रहेको, केटी जिस्काएको आरोपमा ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई कारवाही समेत गरेको थियो भने आरोपीले ३ महिनाको जेल सजाय समेत काटेको छ।

मादक पदार्थ तथा लागुऔषधको सेवन गर्दै आएको मगरलाई जबरजस्ती करणी गरि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको खनालले जानकारी दिएका छन्।

धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरीपुर मगर टोलमा विहान करीब १०:३० बजेको समयमा गाउँबाट उत्तरतर्फ रहेको उँखुबारीमा नग्न अवस्थामा जलेको शव देखे पश्चात घटना सार्वजनिक भएको थियो। यसअघि पहिला पनि दुर्गा पूजाको समयमा चाउचाउको लोभ देखाएर बालिकाको बलात्कार पश्चात हत्या भएको थियो।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्