प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेशसभा सजाइयो, सुरक्षा व्यवस्था कडा

धनगढी– मंगलबार दिनभर सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको सभाहल सजाउने काम भएको छ। बुधबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएपछि मंगलबार दिनभर सजावट गरिएको हाे।

प्रदेश सभा हल बाहिर गेटदेखि हल व्यवस्थापन र सरसफाइको काम गरिएको छ। प्रदेश सचिवालयका कर्मचारीहरु दिनभर प्रदेश सभा सजावटमै व्यस्त बनेका थिए। प्रदेश सभा सचिव बालाराम शर्माका अनुसार बुधवार बिहान नौ बजे प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले भने–‘प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि एक सातादेखि नै तयारी गरिरहेका छौँ।’

प्रदेश सभादेखि वरिपरीको सुरक्षाको जिम्मा भने नेपाली सेनाले लिएको छ। प्रधानमन्त्रीको प्रदेश सभामा सम्बोधनलाई लक्षित गरी नेपाली सेनाको १ सय जनाको टोली सुरक्षामा खटिएको छ।

मंगलबार बेलुका प्रधानमन्त्री धनगढी पुग्‍ने हुँदा धनगढी आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्