मुटुको चाल असामान्य, युभेन्टसका सामी खेल्न नसक्ने

इटालियन क्लब युभेन्टसका मिडफिल्डर सामी खेडिराको मुटुको चाल अनियमित भएपछि उनी च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मैदान बाहिरि हुने भएका छन् ।

युभेन्टसले पहिले लेगमा बुधबार राति स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग उसकै मैदानमा खेल्दैछ । अवे मैदानमा हुने खेलमा सामी अनुपस्थित हुने भएका हुन् । सामीको मुटुको चाल अनियमित भएकाले उनी अहिले उपचारमा छन् ।

सामीको मुटुको चाल बेला बेलामा असामान्य रुपमा तीव्र हुने गरेको छ । यसले गर्दा सास फेर्न गाह्रो हुने, अत्तालिने, रिंगटा लाग्ने, थकाइ लाग्ने हुन सक्छ ।

३१ वर्षका सामीले यो सिजन अहिलेसम्म मात्रै १५ खेल खेलेका छन् । उनी चोटका कारण मैदान बाहिर रहेका हुन् । सामी मैदान बाहिर रहे पनि युभेन्टसबाट स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालसहितका खेलाडी खेल्ने छन् ।

फाल्गुन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्