फाइल तस्बिर

भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार पहिलो खेल भारतको मेघालयसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार प्रस्थान गरेको नेपालको यू–२१ टोलीले मंगलबार अभ्यास गरेको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालसँँगै समूह ‘बी’ मा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा छन् । दोस्रो खेलमा नेपालले त्रिपुरासँग यही फागुन ९ गते खेल्नेछ ।

प्रतियोगिताको तेस्रो खेलमा नेपालले यही फागुन ११ गते मनिपुरसँग खेल्नेछ । चौथो खेल १२ गते मिजोरामसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा फागुन १३ गते नागाल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

उक्त च्याम्पियनशिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी, डिफेण्डरमा राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी तथा फरवार्डमा रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ र प्रेजन तामाङ छन् ।

फाल्गुन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्