विवेकशील साझा पार्टीले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ । विवेकशील साझाले बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँको टंगाल अगाडि प्रदर्शन गरेका हुन् ।

भ्रष्टाचारमा अख्तियारकै आयुक्तसमेत संलग्न रहेको बाहिरिएपछि सर्वत्र आलोचना भइरहेका बेला विवेकशील साझाले अख्तियारकै कार्यालय अगाडि सांकेतिक रुपमा ‘ठूलो माछा’ देखाउँदै प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ठूलो माछाको आकार दिएको ब्यानरमा भ्रष्टाचारका विभिन्न काण्डहरु उल्लेख गरेका छन् । यस्तै प्रदर्शनकारीले ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ लेखिएको पम्प्लेट लिएका थिए ।

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ‘ठूलै माछा’ लाई समात्ने बताउँदै आएको छ । तर मन्त्रीसहितका उच्च अधिकारीमाथि नै भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।