आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन्। सम्झौतापछि उनीहरुले अब एक अर्काका सेवामा सहजाता थपिने विश्वास व्यक्त गरे।

 

फाल्गुन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्