शुक्रबार श्रम कार्यालय विराटनगरमा श्रम स्वीकृति नदिइने

काठमाडौं- श्रम कार्यालय विराटनगरले शुक्रबार श्रम स्वीकृती दिन नसक्‍ने जनाएको छ। प्राविधिक प्रणालीमा केही सुधार गर्नु पर्ने कारण देखाउँदै एक दिन श्रम स्वीकृति दिन नसक्‍ने उसले जनाएको हो।

यस्तै जनकपुर, बुटवल र कर्णालीबाट श्रम स्वीकृती नियमित कामहरु भइरहने श्रम कार्यालयले जनाएको छ। यसअघि सरकारले श्रम स्वीकृतिका लागि चार क्षेत्रबाट श्रम स्वीकृति दिएको थियो।

फाल्गुन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्