१० खेलाडीमा सीमित म्यानचेस्टर सिटीलाई जितायो ९० औँ मिनेटको गोलले

१० खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।

अवे मैदानमा बुधबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले एफसी शाल्केलाई ३–२ ले हराएको हो । संघर्षपूर्ण जितका लागि रहितम स्ट्रलिङ्गले अन्तिम मिनेटमा गरेको गोल निर्णाक बन्यो ।

पहिलो हाफमा २–१ ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो । सिटीले १० खेलाडीमा सीमित भएपछि दुई गोल गरेको हो ।

पहिलो हाफमा दुई पटक पेनाल्टी पाएर दुवै पटक गोल गरेको शाल्केले दोस्रो हाफमा गोल थप्न सकेन । शाल्केका लागि बेन्तालेबले ३८ र ४५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । त्यसअघि म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरोले १८ औँ मिनेटमा गोल गरेका थिए ।

६८ औँ मिनेटमा निकोलास ओतामेन्दी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भयो ।

सिटीका लागि लिरोय सानेले ८५ औँ मिनेटमा बराबरी गोल फर्काए । ९० औँ मिनेटमा रहिम स्ट्रलिङ्गले गोल गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए ।

दोस्रो लेग आउँदो मार्च १२ मा सिटीको मैदानमा हुनेछ ।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्