टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

साङ्केतिक तस्बिर

भक्तपुर – काभ्रेको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्