यौन दुर्व्‍यवहारको आरोप लागेका त्रिविका सहायक डिन निलम्वित

सांकेतिक तस्बिर

काठमाडौँ – केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको छ ।

बुधबार बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए।
उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुर्व्‍यवहार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएपछि उहाँलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो ।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्