पुलवामा आक्रमणपछि सिआरपिएफ, आर्मी र बिएसएफले बढायो सतर्कता

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा गएको बिहीबार सिआरपिएफको गाडीमा चरमपन्थीले गरेको आक्रमणमा ४६ जवानको ज्यान गएपछि भारतीय सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाएको छ ।

सुरक्षाकर्मीले संयुक्त कारवाही अभियान चलायो । त्यसमा पाँच सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गयो । अहिले पनि पुलवामा सुरक्षाकर्मीले चरमपन्थीविरुद्ध कारवाही अभियान चलाइरहेको छ ।

सिआरपिएफको गाडीमाथि आक्रमण भएपछि आर्मी, सिआरपिएफ र बिएसएफले आफ्ना गाडी जम्मू–कश्मीरमा एकसाथ चलाइने भएको छ ।

सिआरपिएफ, आर्मी र बिएसएफले गाडीसँगै चलाउने सहमति गरेका हुन् । यस्तै सुरक्षाकर्मीका गाडी चल्ने बेला सार्वजनिक सवारी साधान रोकिने भएको छ ।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्