काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने र केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने मौसमविदले बताएका छन् ।

मध्य तथा पूर्वका भू–भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताए ।

उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिदेखि मौसममा केही सुधार आउने सम्भावना छ । राति पश्चिमका क्षेत्रमा सामान्य बदली हुनेछ । यस्तै अरु क्षेत्रमा आंशिक बदली हुने महाशाखाले बताएको छ ।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्