आध्यात्मिक विकासबिना स्वधर्म रक्षा कठिन: कमल थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो धर्मको रक्षा गर्दै भौतिक विकाससँगै आध्यात्मिक विकास गर्नुपर्ने बताएका छन्।

पार्टीको भातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठन केन्द्रीय कार्यालयको काठमाडौँ उद्घाटन गर्दै अध्यक्ष थापाले नेपाल हिन्दु, बौद्ध र किराँत धर्मको उद्‌गम स्थल भएको बताए।

धार्मिक मुल्य, मान्यता र आस्थाको आधारमा नेपाल विश्वकै जेठो र सम्पन्न मुलुक भएको बताउँदै थापाले राष्ट्रिय एकता र पहिचानको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको विचार व्यक्त गरे।

वैदिक मुल्य मान्यताका आधारमा काम गर्ने हो भने र धर्मलाई समाज र देश विकासमा जोड्न सके सकारात्मक सन्देश दिन सकिने थापाको भनाई थियो।

सो अवसरमा पार्टीका कोषाध्यक्ष उद्धव पौडेल, सहायक महामन्त्री राजाराम बर्तौला लगायतको उपस्थिति थियो।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्