विश्वकै ठूलो माहुरी जीवितै भेटियो

विश्वको सबैभन्दा ठूलो माहुरी फेरि भेटिएको छ । दशकौँसम्म लोप भएको ठानिएको ठूलो माहुरी वैज्ञानिकले पुनः फेला पारेका हुन् ।

वयस्क व्यक्तिको बुढी औँलाको आकारको माहुरी इन्डोनेसियाको आइल्याण्डमा फेला परेको हो । धेरै दिनसम्म खोजी गरिएपछि वन्यजन्तु विशेषज्ञले ठूलो माहुरी फेला पारेका हुन् ।

फेला परेको माहुरी पोथी रहेको वैज्ञानिकले बताएका छन् । वालासी माहुरीका रुपमा चिनिने माहुरीको वैज्ञानिकले तस्बिर खिचेका छन् भने भिडियो पनि बनाएका छन् ।

वैज्ञानिकले यो माहुरी सन् १९८१ मा फेला पारेका थिए । त्यसपछि यो माहुरी फेला परेको थिएन ।

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्