बाटो राम्रो बनेको छ । फराकिलो छ । ८ लेन छन् । एक तिरबाट आउँछन् मात्रै, अर्को तिरबाट जान्छन् । पहिले बिचमा थियो बाटो, अहिले दुई छेउमा बिचको भन्दा आधा चौडाईका बाटो थपिएका छन् । अर्थात बाटो पहिलेको भन्दा दोब्बर फराकिलो भएको छ, कुरा चक्रपथ अन्तर्गत कोटेश्वर–कलंकी खण्डको बाटोको हो ।

बाटो फराकिलो भयो, चिल्लो देखियो । गाडी हुँकिए । तर सास्ती थपिएको छ । पैदल यात्रीलाई । बाटो काट्नै मुश्लिक छ । बिस्तारित चक्रपथमा पैदल यात्रुले बाटो काट्न ज्यान हत्केलामा राख्नु पर्ने जस्तो छ । जेब्राक्रस खोज्नु पर्ने जस्तो छ । आकाशे पुल पनि निकै कम छन् । भएका जेब्राक्रस र आकाशे पुल पनि पायक पर्ने ठाउँमा छैनन् ।

स्कूले बालबालिकादेखि वयस्क तथा पाका उमेरकाहरु बिस्तारित बाटोमा कुद्दै–भाग्दै बाटो काटेका देखिन्छन् । मोड्ने घुम्तीहरु नबनाईँदा आफूहरुलाई पनि सास्ती भएको चालकको गुनासो छ । बिस्तारित बाटोमा बाटो काट्ने क्रममै दुर्घटना बढी हुने सम्भावना छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले जोखिममा बाटो काट्दै गरेका केहीलाई तस्बिरमा समेटेकी छन् ।