बाँकेमा बस दुर्घटना हुँदा १६ घाइते, ३ को अवस्था गम्भिर

नेपालगञ्ज – बाँकेको रोहिणी बजारमा बस पल्टिदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

ना ४ ख ९२४२ नम्बरको बसले बा ४ च १४२४ नम्बरको कारलाई ठक्कर दिएपछि कार अनियन्त्रित भएर बस पल्टिएको हो। बसमा सवार ३३ जनामध्ये १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

घाइते मध्य धनगढीका सन्तोष जैसी र गौरी जैसी तथा तनहुँका लक्ष्मण थापा गम्भीर घाइते भएका छन्। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

चप्परगौडी भन्दा थोरै अगाडि रहेको रोहिणी बजारको पेट्रोलपम्प नजिक दुर्घटना भएको हो। पेट्रोलपम्पबाट तेल हालेर निस्केको कारलाई बसले ठक्कर दिएको प्रहरीले बताएको छ।

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्