राजपा केन्द्रीय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु

जनकपुरधाम- प्रदेश २ सरकारको समिक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक जनकपुरधाममा शुरु भएको छ।

अध्यक्ष मण्डलको बैठक प्रदेश सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्न शुक्रवार देखी बैठक बसेको हो।

प्रदेश, पार्टी, संगठन र प्रदेश सरकारको विकासका लागि राजपा अध्यक्ष मण्डल र प्रदेशका मन्त्रीबीच बैठक शुरु भएको जनाइएको छ।

केन्द्रीय समितिले आयोजना गरेको बैठक जनकपुरधाममा ३ दिनसम्म चल्ने राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जनाएका छन्।

बैठकमा राजपाका केन्द्रीय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं समन्वय समिति सदस्यहरु सहभागी छन्।

बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव सहभागी छन्। भने बैठकको पहिलोसत्रमा अनुपस्थित रहेका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी दोश्रो सत्रमा सहभागि हुने जनाइएको छ।

बैठकमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झा लगायतका नेताहरु सहभागी छन्।

संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार रहेको प्रदेश २ मा राजपाले ३ मन्त्रालय पाएको छ।

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्