नख्खु विस्फोटका तीनै घाइतेको मेडिसिटीमा उपचार हुँदै, एक चिन्ताजनक

काठमाडौँ- ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयअघि शुक्रबार साँझ भएको शक्तिशाली विस्फोटमा तीन जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार विस्फोटमा परी काभ्रेकी २५ वर्षीया प्रतीक्षा खड्का, लमजुङ घर भई भैँसेपाटी बस्ने सिंहप्रसाद गुरुङ र मेडिसिटी अस्पतालकी नर्स २५ वर्षीया उरुषा मानन्धर घाइते भएका छन्। तीनै जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये गुरुङको अवस्था चिन्ताजनक छ भने बाँकी दुईको पनि तत्काल केही भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

प्रहरीले विस्फोटन गराउनेको खोजी तीव्र बनाएको छ।

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्