पोखरामा एनसेलको टावर जलेर ध्वस्त, विद्युत र इन्टरनेट अवरुद्ध

फाइल फोटो

पोखरा- पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ।

शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए।

उनका अनुसार टावर डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर ध्वस्त भएको छ।

आगो कसरी लाग्‍यो भन्‍ने अहिलेसम्‍म खुल्‍न नसकेको उनले बताए। यसका साथै डिएसपी मोहनबहादुरको नेतृत्वमा सत्‍यतथ्य बुझ्‍न टोली त्‍यसतर्फ प्रस्थान गरेको छ।

एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको छ।

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्