डिबालाको गोलमा युभेन्टसको अपराजित यात्रा कायम

इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टसले बोलोग्नामाथि १–० को जित निकालेको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टसको जितमा पाउलो डिबालले ६७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पछिल्ला सात सिजन युभेन्टसले सिरी ए को उपाधि १३ अंक भन्दा बढीले अघि रहँदै जितेको छ ।

आइतबार राति भएको खेलमा दोस्रो स्थानको नापोलीले पार्मालाई ४–० ले हरायो । युभेन्टस दोस्रो स्थानको नापोली भन्दा अहिले १३ अंकले अघि छ ।

इन्जुरी समयमा निकोला सान्सोनीले बोलोग्नाका लागि गोल गर्ने राम्रो मौका बनाएका थिए तर सकेनन् ।

युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले अन्त्यतिर गोल गर्ने राम्रो प्रयास गरेका थिए । उनको प्रहार लुकास्ज स्कोरुप्स्कीले रोके । युभेन्टसको २५ खेलबाट ६९ अंक छ ।

फाल्गुन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्