त्रिविमा हुने महिला हिंसाबारे कहिले सुन्‍ने उपकुलपति खनियाँ?

अन्तक्रियामा आफन्नो धारणा राख्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ बहादुर खनियाँ । तस्बीर /दीपा दाहाल

काठमाडौँ-मुलुकको सबैभन्दा जेठो र पुरानो विश्वविद्यालय  त्रिभुवन विश्‍वविद्यालयमा लैगिंक हिंसा र दुर्व्यवहार बढेको भन्दै आलोचना तीव्र बनेका बेला त्यसको रोकथामका लागि विश्वविद्यालयको केन्द्रीय तहमै विद्यार्थी सम्मिलित उच्चस्तरीय संयन्त्र निर्माण गर्नु पर्ने माग सरोकारवालाले गरेका छन्।

विश्वविद्यालयमा पठनपाठनका क्रममा कतिपय शिक्षक र पुरुष विद्यार्थीबाट छात्राहरुमाथि, पुरुष यौन हिंसाका घटना उजागर हुन थालेको पछिल्लो परिवेशलाई दृष्टिगत उनीहरुले विश्वविद्यालयमै उजुरी सुन्‍ने र छानबिन गर्ने आयोग नै गठन गर्नु पर्ने माग गरेका छन्।

सोमबार विश्वविद्यालयका पूर्वविद्यार्थीहरु उसाकिरण तिम्सिना , मानुसी भट्टराई यमी लगायतको समूहले गरेको एक अन्तक्रियामा सहभागी प्राध्यापक एवं विद्यार्थीका दुवै समूहले हिंसारहित विश्वविद्यालयको खाँचो रहेको र त्यसका लागि दण्ड-सजायको समेत व्यवस्था हुने गरी संयन्त्रण गठन गर्नु पर्नेमा जोड दिए।

हालै मात्रै समाजशास्त्रका एक प्राध्यापकले थेसिश गर्ने क्रममा एक छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि त्रिविमा यो विषयले बहसको रुप लिएको छ।

तर समस्या समाधानका उपाय संगिठत गर्न आयोजित अन्तरक्रियाबाट त्रिविका उपकुलपति तिर्थ खनिायाँ भने आफ्ना केही धारणा मात्रै राखेर बाहिरिएका थिए।

विद्यार्थीहरुले आफ्ना समस्या समेत नसुन्नुको जावाफ कार्यक्रमस्थलमै उपकुलपति खनियाँसँग माग गरेको भएपनि उनी अर्को जरुरी बैठकमा सहभागि हुनु पर्ने भन्दै बाहिरिएका थिए।

उनी बाहिरिएपछि विश्विद्यालयमा हुने लैगिंक र यौन हिंसा नियन्त्रणका उपाय सुन्नबाट किन उपकुलपति खनियाँ पन्छिएको भन्दै विद्यार्थीले केही आक्रोश पोखेका थिए।

विश्व विद्यालयको विद्यार्थी कल्याणकारी खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले विश्वविद्यालका धेरै विद्यार्थी यौनजन्‍य हिंसाबाट पीडित भएको भन्दै त्यो समस्या समाधानका लागि केन्द्रीय स्तरको उजुरी आयोग गठन गर्नु पर्ने अभिव्यक्ति दिए।

व्यवस्थापन शंकायका सहकायक डीन दिनेश घिमिरेले हिंसा नियन्त्रणका लागि उच्चस्तरीय संयन्त्र निर्माणसँगै विश्वविद्यालयलै आचारसंहिताबारे पाठ्यक्रम निर्माण गरी त्यसबारे पठनपाठननै सुरु गर्नु पर्ने धारणा राखे।

शिक्षक र विद्यार्थीको गतिविधिको छड्के गर्न जोखिमयुक्त ठाउँमा सीसी टिभी राख्नु, पर्ने, हरेक महिना जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने लगायत सुझाव पेश गरेका थिए।

यस्तै विज्ञान संकायका डिन रामप्रसाद खतिवडाले थोरै स्रोतमा ससाना काममा ध्यान दिएमा विश्वविद्यालयमा हुने यौन हिंसा नियन्त्रण हुने अनुभव बाँडे।

प्राध्यापकहरु डा. शुसन आचार्य, डा. अमिना सिंह, रीता श्रेष्ठ लगायतले यौन हिंसा नियन्त्रणका लागि विश्वविद्यालयको आफ्नै स्पष्ट नीति, संरचना र पर्याप्त महिला शिक्षकको आवश्यकता रहेका बताएका थिए।

हेमराज थापा लगायत विद्यार्थीले विश्वविद्यालयबाट पीडित हुनेहरुको संख्या बढ्दै गएपनि प्रशासनले पीडकलाई कारवाहीका लागि कुनै ‘एक्सन’ नलिएको भन्दै आक्रोश व्यक्त गरे।

समाजशास्त्र विभागका प्रमुख प्राध्यापक तुलसीराम पाण्डेले पछिल्लो घटना आफ्नो विभाग र समग्र विश्वविद्यायलाईलाई नै बदनमा हुने गरी भएको र त्यसमा आवश्यक कारवाही समेत गरिएको बताए। घटनापछि आफ्नो विभागले स्पष्ट आचारसंहिता निर्माण लागू समेत गरेको उनको दावी थियो।

फाल्गुन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्