जनकपुरमा ‘जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ हुने

जनकपुरमा-६ दिवसीय ‘जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ हुने भएको छ। मैथिली विकास कोष जनकपुरधामको आयोजनामा फागुन १८ गते देखी हुने ‘जनकपुर साहित्य कला एवं अन्तराष्ट्रियय नाट्य महोत्सव’ हुन लागेको हो।

सोमबार मैथिल विकास कोषले पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सवमा नेपाल, भारत, बंगलादेश र अफगानिस्तानका नाट्य संस्थाहरुको सहभागिता रहने जनाएको छ भने ६ दिवसीय महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन्।

देशमा संघीयताको अभ्यास प्रारम्भ भईसकेको र प्रदेश सरकार गठन भएको एक वितिसक्दा पनि प्रदेश-२ को राजधानी, नामाकरण र भाषामा विवाद रहेको बेला यसबारे छलफल गर्ने उदेश्यले महोत्सवको आयोजना हुन लागेको कोषद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

यस्तै, मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल(भारतका विज्ञबीच संवाद तथा छलफल हुने जनाइएको छ।

यस्तै महोत्सवमा मिथिला र मैथिली केन्द्रित सांस्कृतिक कार्यक्रम लगायत मिथिला भोजन, पुस्तक प्रदर्शनी, लोककला र ललितकलासमेत प्रदर्शन गरिने कोषका अध्यक्ष जिवनाथचौधरीले जनाएका छन्। यता, महोत्सवमा नेपाल सहित भारत, बांगलादेश र आफ्गानिस्तान लगायतका ८ वटा नाटक प्रर्दशन गरिने जनाइएको छ।

नेपालका मिथिटला नाट्यकला परिषद जनकपुरधामको नाटक ‘पुष जाढ की माघ जाढ’, रामानन्द युवा क्लव जनकपुरको नाटक ‘जानकी’, लोकसञ्चार को ‘किशोरी’, एलेन इभेन म्यानेजमेन्टको ‘जनक सेना यात्रा’, नेपाली नाटक ‘गर्वछित्ता’, भारत आसामको ‘हेलेन’, बांगलादेशको ‘एटब्रिंग बततदचष्लन’ र आफगानिस्तानको ‘टीए रिहए त्ब चभजबथभ’ रहेको छ।

उक्त महोत्सवमा १८ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। जसमा प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ।यस्तै अन्य व्यवस्थापन भने कोषले गरि रहेको अध्यक्ष चौधरीले बताएका छन्।

फाल्गुन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्