जनकपुरमा कामना सेवा विकास बैंकको सेवा बिस्तार

काठमाडौँ– कामना सेवा विकास बैंकले जनकपुरमा आफ्नो ६८ औँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले जनकपुर उपमहानगरपलिका वडा नं. ९ पिडारी चोकमा मंगलबारबाट कारोबार शुरु गरेको हो। बैंकका सञ्चालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको शुरुवात गरे।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको बारेमा संक्षिप्त जानकारी गराउँदै प्रदेश २ मा बैंकका ४ वटा शाखा पुगेको र थप शाखाहरु समेत बिस्तार गर्ने बताए।
बैंकले देशभर ६८ शाखा र २० वटा एटिएम मार्फत आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।