हावाहुरीले सप्तरी र पर्सामा आगलगी, करीब ८ लाखको क्षति

जनकपुरधाम- सप्तरीको सुरुङ्गा नगरपालिकामा आगलगी हुँदा करिब ७ लाख मोल बराबरको क्षति भएको छ।
नगरपालिका ४ का रामलोचन रामको दुई तल्ले कच्चि घर र गाई गोठमा आगलागी हुँदा करीब ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।
हावाहुरी चलेको बेला अचानक रामको घरमा आगलागी भएको र आगलगीमा गाइगोठ, घर र घर भित्र रहेका नगद, सुनचादी, लत्ताकपडा र अन्नपात पुर्णरुपमा जलेको प्रहरीले जनाएको छ।
आगोलाई ईलाका प्रहरी कार्यालय कडोरबोना र सप्तरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै, पर्साको बिन्दबासिनि गाउँपालिकामा आगलगी भएको छ। जिल्लाको बिन्दवासिनी गाउँपालिका ३ इटियाहीका तानालाल दासको कच्चि घरमा मंगलवार बिहान ३ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
बिद्युत सर्ट भएर घरमा आगो लाग्दा घर र घर भित्र रहेको नगद, सरसामान, लत्ताकपडा तथा अन्नपात र दुई वटा बाख्रा जलेको छ।
आगोलाई करीब ४ बजे अमरपट्टी प्रहरी चौकी र पर्साबाट खटिएको प्रहरी टोली तथा स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।