सर्लाहीमा लागुऔषधसहित दुई पक्राउ, सिराहामा ठूलो परिमाणमा गाँजा बरामद

सांकेतिक तस्बिर

जनकपुर-सर्लाहीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको वाग्मती नगरपालिका ११ बाट सिन्धुलीको मरिण गाउँपालिका–३ घर भएका २१ बर्षीय डम्मर बहादुर मोक्तान र २९ बर्षीय मंगलसिंह मोक्तानलाई ३१ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलीले सिन्धुलीबाट सर्लाहीतर्फ आउँदै गरेको ज ३ त ७३८७ नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा ट्याक्टरको ट्रेलरमा लुकाइएको अवस्थामा गाजाँ फेला पारेको हो। ट्याक्टर चालक डम्बर बहादुर मोक्तान र ट्याक्टर धनी मंगलसिंह मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी सिरहाबाट ४० किलो गाँजा बरामद भएको छ। मंगलबार इलाका प्रहरी कार्यालय विष्णुपुकट्टी र सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको धनगढीमाई नगरपालिका १ खुट्टीस्थिति जंगलबाट सो परिमाणको गाँजा फेला परेको हो।

यस्तै प्रहरीले सिराहामा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याईएको कपडा समेत बरामद गरिएको छ। मंगलवार भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ३६ हजार मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको हो।

फाल्गुन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्