जम्मू–कश्मीरको पुलवामा प्रकरण

पाकिस्तानबाट जवाफी कारबाही सुरु

एजेन्सी-भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा भएको आक्रमणपछि पाकिस्तानले भारतविरुद्ध जवाफी कारवाही सुरु गरेको छ।

भारतले मंगलबार पाकिस्तानको भूमिमा प्रवेश गरेर आक्रमण गरेपछि पाकिस्तानले जवाफी कारवाही गरेको हो।

मंगलबार पाकिस्तानले भारतले आफ्‍नो देशको स्वाभिमानमा धावा बोलेको भन्‍दै जम्‍मू कश्मीरका अंखुर, नाउसेरा र कृष्ण घाटी क्षेत्रमा आक्रमण सुरु गरेको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ।

यसअघि पाकिस्तानका विदेशमन्त्री शाह मोहमुद कुरेसीले भनेका थिए, ‘ भारतले पाकिस्तानको सम्प्रभूताको उल्लंघन गरेको छ।’

यस्तै पाकिस्तानको सुरक्षा परिषद्को आपत्तकालिन बैठक बोलाएर प्रधानमन्त्री इमरान खानले भारतको बालाकोट आसपासमा रहेको कथित आतंक शिवरलाई नष्ट गर्न आदेश दिएका थिए।

फाल्गुन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्