ट्रकले बसलाई ठोक्कर दिँदा दुई जनाको मृत्यु

जनकपुरधाम-धनुषाको ढल्केबरमा मालबाहक ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत भएको दुर्घटनामा एकदर्जन भन्दा बढी यात्रु घाइते भएका छन्।

मृत्यु हुनेमा बसका यात्रु धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ नक्टाझिजकी शुभकला मण्डल र भारत मोतिहारीका २५वर्षीय उदेश ठाकुर रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जानाएको छ।

काँकरभिट्टाबाट पश्चिम जाँदै गरेको ना ५ ख ४९६ नम्बरको बसलाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९४९६ नम्बरको मालवाहक ट्रकले ढल्केबरचोकमा ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

फाल्गुन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्